१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

श्रीलङ्का क्रिकेट बोर्ड आईसीसीको निलम्बनमा



काठमाडौं ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले श्रीलङ्का क्रिकेट बोर्डलाई निलम्बन गरेको छ । सरकारको व्यापक हस्तक्षेप भएको र बोर्ड विघटन गरिएको भन्दै आईसीसीले सदस्यता तत्काल निलम्बन गरेको जनाएको छ ।

निलम्बनपछि आईसीसीले श्रीलङ्का क्रिकेटलाई दिँदै आएको आर्थिक सहयोग बन्द गर्ने अनुमान गरिएको छ । तर, निलम्बन अवधिभर अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलङ्काको सहभागिता के हुने भन्नेबारेमा उल्लेख गरिएको छैन ।

आईसीसी बोर्डको हिजो बसेको बैठकले श्रीलङ्का क्रिकेटले आफ्नो मामिलामा स्वायत्त रूपमा व्यवस्थापन गर्न र श्रीलङ्काको क्रिकेटको नियमन वा प्रशासनमा कुनै सरकारी हस्तक्षेप नभएको सुनिश्चित गर्नका लागि सदस्यको रूपमा आफ्नो दायित्वको गम्भीर उल्लङ्घन गरेको कुरा निर्धारण गरेको छ ।

विश्व कपमा भारतसँग हारपछि श्रीलङ्काका खेलकुद मन्त्री रोशन रानासिङ्घेले सोमवार श्रीलङ्का क्रिकेट बोर्डका सबै सदस्यलाई बर्खास्त गर्नुभएको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०८० शनिबार ००:००  ७ : १५ बजे