बुटवल ।पहिरो खसेपछि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३,रामापिथेकस पार्क क्षेत्रमा माथिबाट लेदोसहित ठूलो पहिरो खसेपछि मंगलबार बिहानैदेखि राजमार्ग अवरुद्ध भएको हो । पहिरो झरेको उक्त स्थान सिद्धबाबा सुरुङमार्गको निर्माणाधीन उत्तरतर्फको प्रवेश विन्दु हो । पहिरो झरेपछि पाल्पा हुँदै बुटवलतर्फ आउने र बुटवलबाट पाल्पा हुँदै विभिन्न जिल्ला जाने सवारी साधनहरु…