काठमाण्डौ । हिजोदेखि मनसुन फेरि सक्रिय भएको छ । गएराति र अहिले पनि केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । कैलालीमा सबैभन्दा धेरै पानी परेको छ । कर्णाली चिसापानी वर्षामापन केन्द्रमा मध्यमदेखि ठूलो वर्षा मापन भएकाले त्यस क्षेत्र भई बहने ससाना खोला आसपास र तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ…