काठमाडौं । सत्ता गठबन्धनका प्रमुख तीन दल वीच वर्तमान गठबन्धनलाई निरन्तरता दिने गरी छलफल अघि बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बीच सोमबार बालुवाटारमा छलफल भएको छ । छलफलमा गठबन्धनको सहकार्यलाई निरन्तरता दिने बारेमा कुराकानी भएको प्रधानमन्त्रीको प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए…