१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

फागुनदेखि मौलाकालिका केबलकार सञ्चालनमा आउने

कावासोती । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकामा रहेको मौलाकालिका मन्दिर जान अब तीन महिनाभित्र केबलकार चढ्न पाइने भएको छ। निर्माण कम्पनी ‘मौलाकाली केबलकार प्रालि’ले आगामी फागुन महिनाभित्र केबलकार निर्माण सम्पन्न गरी सञ्चालन गर्ने तयारी गरेको छ। गैँडाकोट–१ स्थित ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल मौलाकालिका मन्दिरमा जानका लागि केबलकारको निर्माण अन्तिम चरणमा रहेको कम्पनीका व्यवस्थापक गोकुल सावदले…