म्याग्दी ।चौबीस दिनदेखि बेपत्ता म्याग्दीका एक पुरुष अझै फेला परेका छैनन्। म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौर स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–१६ बनस्थली बस्ने ५० वर्षीय हेमराज शर्माको अहिलेसम्म अत्तोपत्तो छैन। गत असोज २६ गते आइतबार अपराह्न ४ बजेदेखि बेपत्ता भएका शर्माको खोजीमा अहिलेसम्म कुनै पनि प्रगति नभएको बेपत्ता शर्माका आफन्त विवेक शर्माले बताए। सामाजिक एवं…