काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिला उम्मेदवारहरुलाई छोरी र श्रीमतीको रुपमा प्रचार गरेको भन्दै असन्तुष्टि जनाएका छन् । सत्तारुढ गठबन्धनले शुक्रबार काठमाडौंमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले कसैको छोरी र श्रीमतीका रुपमा प्रचार गर्नु महिलाहरुको अपमान भएको बताएका छन् । ‘दुई मेयरका प्रत्यासीबारे एकथरी मान्छेहरुले नकारात्मक टिप्पणी नगरेका होइनन्,’ उनले भने,…