काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मतदान गरेका छन् । शुक्रबार बिहान मतदान सुरु भएको केहिबेरमा उनले रौतहट गौरस्थित रामजानकी कन्या प्रावि मतदान केन्द्रबाट मतदान गरेका हुन् । स्थानीय तहको निर्वाचन-२०७९ को मतदान शुक्रबार बिहान ७ बजेबाट सुरु भएको छ ।