काठमाण्डौ ।जोखिम मोलेर अमेरिका जान खोजेका नेपालीसहित १ सय २६ जना आप्रवासीको ग्वाटेमालामा कन्टेनरबाट उद्धार गरिएको छ । सडक छेउमा एउटा कन्टेनरमा अलपत्र छाडिएका १ सय २६ जना आप्रवासीलाई ग्वाटेमालामा प्रहरीले उद्धार गरेको हो । कन्टेनरभित्र चिच्याएको स्थानीयहरूले सुनेपछि उनीहरूको उद्धार गरिएको बीबीसीले जनाएको छ । उनीहरूलाई मेक्सिको हुँदै अमेरिका पुर्याउनका लागि रकम असुलेका मानव…