२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

समाजवादी प्रेस सगंठन रुपन्देहीको संयोजकमा विनोद परियार



मायादेवी अनलाइन, चारनम्बर ।

समाजवादी प्रेस सगंठन नेपाल रुपन्देहीमा विनोद परियार चयन भएका छन । सोमवार वुटवलमा समाजवादी प्रेस सगंठन नेपाल लुम्बिनी प्रदेश कमिटीको आयोजनामा भएको वैठकले रुपन्देहीको संयोजकमा विनोद परियारलाई चयन गरेको हो ।

जसको सह–संयोजकमा शकंर पाण्डे र उषा किरण पन्थ रहेका छन भने सचिव पुनहरि वेल्वासे सहसचिव कृष्ण रणपाल रहेको १५सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । एकीकृत समाजवादी रुपन्देहीका प्रचार विभाग प्रमुख सरिता श्रीसको अध्यक्षतामा वसेको वैठकमा पाटीका केन्द्रिय सदस्य,रुपन्देही इन्चार्ज तथा सगंठनका वरिष्ठ सस्थापक नेता वालकृष्ण चाँपागाईको प्रमुख आथित्यता रहेको थियो ।

त्यस्तै पाटीका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला सह–इन्चार्ज शिद्धिचरण भट्टराई, लुम्बिनी प्रदेश सदस्य श्रीराम यादव, रुपन्देही जिल्ला सचिव अविराम विक, समाजवादी प्रेस सगंठन नेपाल लुम्बिनी प्रदेश इन्चार्ज विकास वन्जाडे,सयोजक शिव सुवेदी लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०७८ सोमबार ००:००  ७ : १२ बजे