३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

दशैँको आठौ दिनः महाअष्टमी मनाइँदै, शक्तिपीठहरुमा बलि चढाइँदै

काठमाडौं ।बडादशैंको आठौं दिन आज देशभर माता दूर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी मनाइँदै छ । दशैंघर र कोतलगायत शक्तिपीठहरुमा बलिसहित पूजाअर्चना र दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ । काठमाडौंका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, संकटा, बज्रबाराही लगायत शक्तिपीठमा बलि दिने प्रचलन छ । यस्तै, काभ्रेस्थित पलाञ्चोक…