२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

देशका धेरै स्थानमा आज पानी पर्ने सम्भावना, सतर्क रहन आग्रह



काठमाडौं ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान सामान्यदेखि पूर्ण बदली रहेको छ । सातवटै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

विभागले आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।

प्रकाशित मिति : २ भदौ २०७८ बुधबार ००:००  ८ : २४ बजे