वीरगञ्ज । तस्करले प्रहरीको आँखा छल्न जुसको बट्टामा लागु औषध ओसारपसार गर्न थालेको पाइएको छ । शनिबार राति सशस्त्र प्रहरीले वीरगञ्ज १६ स्थित वीरगञ्ज भन्सारको मुल गेटबाट जुसको बोतलमा कोरेक्स फेला पारेपछि यो तथ्य बाहिर आएको हो । मकवानपुर हेटौंडा उपमहानगरपालिका १ बस्ने २६ बर्षका सुशील अर्याललाई सशस्त्र प्रहरीले जुसको बट्टामा कोरेक्स राखेर भारतबाट ल्याउँदै…