५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

सप्तरीमा चट्याङले लागेर एक जनाको ज्यान गयो

सप्तरी । सप्तरीमा चट्याङले लागेर एक जनाको ज्यान गएको छ । चटयाङ लागेर सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ का ४६ वर्षीय महाबिर खंग खत्वेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । वर्षासँगै अचानक परेको चटयाङबाट खेतमा काम गरिरहेका खत्वेको मृत्यु भएको प्रहरीले जनाएको छ ।