१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

कस्तो छ आजको मौसम ?



काठमाडौँ ।
देशभरको मौसम आइतबार आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्व नेपालमा बिहानैदेखि पूर्ण बदलीको अवस्था रहेको मौसमविद समिर श्रेष्ठले जानकारी दिए ।
यस्तै मध्य र पश्चिमका पहाडी क्षेत्रको मौसम पनि बदली भएको छ । पश्चिम तराईमा भने मौसम सफा रहेको जनाइएको छ । तर दिउँसोपछि बदली हुने सम्भावना छ । पूर्वी नेपालको तराई तथा चुरे क्षेत्रमा पानी पर्ने खालको बादल रहेकाले वर्षा हुने सम्भावना छ ।
यस्तै अपराहन्नपछि मध्य र पश्चिमका पहाडी क्षेत्रमा पनि मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद श्रेष्ठले बताए । हावाहुरी चल्ने सम्भावना पनि रहेको विभागले जनाएको छ ।
काठमाडौँ उपत्यकासहितका क्षेत्रमा पनि आंशिक बदलीको अवस्था रहेको छ । शनिबार साँझ काठमाडौँ उपत्यकासहितका क्षेत्रमा केहीबेर ठूलो पानी परेको थियो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७६ आइतबार ००:००  ७ : ५५ बजे