२३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

कनकाई पुलमा बम राखेको आरोपमा पाँचजना पक्राउ



विर्तामोड ।
कनकाई पुलमा कुकर बम राखेर आतंक मच्चाएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरको रिजनल इन्भेस्टिगेसन टिम ९रिट० र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले इटहरी चोक नजिकैबाट दुई जना र झापाबाट तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ परेका पाँचैजनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएर अनुसन्धान गरिराखिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक सुनिल श्रेष्ठले जानकारी दिए। पक्राउ परेका व्यक्तिको नाम भने प्रहरीले गोप्य राखेको छ।

वैशाख २९ गते बिहान गोर्खा नेपाल जनुमक्ति मोर्चाको नामको पर्चासहित प्रेसर कुकुर बम भेटिएको थियो। मोर्चाले सुगौली सन्धी मार्फत नेपालले गुमाएको भूमि फिर्ता, २०४६ देखि अहिलेसम्मको विदेशीलाई दिएको अंगीकृत नागरिकता फिर्ता, संघीयता खारेज, भ्रष्टचारीलाई कारबाही, निःशुल्क शिक्षा र उपचारसहितको माग राखेको पर्चा बमसँगै राखेको थियो।

प्रकाशित मिति : २ जेष्ठ २०७६ बिहिबार ००:००  २ : ३६ बजे