२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

लुक्लामा विमान दुर्घटना, दुईजनाको मृत्यु

काठमाडौँ । लुक्लामा समिट एयरको विमान दुर्घटनामा परेको छ । उडान भर्ने क्रममा अर्काे हेलिकप्टरमा ठोक्किँदा विमान दुर्घटनामा परेको बताइएको छ । दुर्घटनामा दुईजनाको मृत्यु भएका त्रिभुवन विमान स्थलका प्रवक्ता प्रताप तिवारीले जानकारी दिए । विस्तृत विवरण आउन बाँकी छ ।