१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

बीपी राजमार्ग खुल्यो



सिन्धुली ।
गाउँपालिकाका अध्यक्षमाथि हातपात गर्ने दोषीलाई कारबाहीको माग गर्दै नेपाली कांग्रेसका कार्यकर्ताको प्रदर्शनका कारण बिहानभरि बन्द बीपी राजमार्ग खुलेको छ ।
तीनपाटन गाँउपालिकाका अध्यक्ष कर्णबहादुर थापामगरलाई हातपात गर्ने नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता मधु भनिने सिद्धिबहादुर कटुवाललाई पक्राउ गरी कारबाही गर्ने प्रहरीले प्रतिबद्धता जनाएपछि बीपी राजमार्गमा यातायात सुरु भएको हो । गाँउपालिका अध्यक्ष थापामगर स्थानीय तहको चुनावमा नेपाली कांग्रेसको तर्फबाट निर्वा्चित हुनु भएको हो ।
गाउँपालिका अध्यक्ष थापामगरमाथि हातपात गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्ने प्रतिबद्धता जनाए पनि गए राति नै छाडेकोले दोषीलाई कारबाहीको माग गर्दै सवारी आवागमन अवरुद्ध पारिएको नेपाली कांग्रेस सिन्धुलीका सचिव दीपक घिमिरेले बताउनुभयो ।

प्रकाशित मिति : ३० चैत्र २०७५ शनिबार ००:००  ७ : ०७ बजे