काठमाडौं । काठमाडौंको भत्केको पुलबाट ८ किलो ५ सय ग्राम लागू औषध चरेशसहित १ जना पक्राउ परेका छन् । प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीलाई काठमाडौं महानगरपालिका–३१ बस्ने नारायणलाल श्रेष्ठलाई साढे ८ किलो चरेशसहित पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।