१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

कैलालीमा नदीमा डुबेर दाजुभाइकै मृत्यु भएको भोलिपल्टै अर्का युवाको डुबेर मृत्यु

कैलाली । कैलालीको लम्की चुहानगरपालिका–६ बाघमारा, रानीजमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा नुहाउने क्रममा डुबेर आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दैलेख आठबिस नगरपालिका–२ का २२ वर्षीय प्रेम रसाइली रहेका इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले जानकारी दिए। रसाइली लम्कीचुहा–६ गुलरास्थित ससुराली घरमा बस्दै आएका थिए। केही समययता जिल्लामा पानीमा डुबेर…