संखुवासभा । संखुवासभामा भरुवा बन्दुकले लागेर एक जनाको ज्यान गएको छ । आइतबार बेलुका मादी नगरपालिका ८ मावादिन बस्ने २५ वर्षीय हस्तबहादुर तामाङको भरुवा बन्दुकले लागेर ज्यान गएको हो । एक थान भरुवा बन्दुकसहित तामाङको शव मादी नगरपालिका वडा नम्बर.–९ फाबिङमा रहेको जंगलमा भेटिएको प्रहरीले जनाएको छ । मृतक हस्तबहादुर जंगलमा सिकार खेल्न जानुभएको थियो…