१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

पेस्तोलसहित दुई पक्राउ



जनकपुरधाम ।
सिरहाबाट हातहतियारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। धानको बोरामा घरमाथि लुकाई छिपाई राखेको पुस्तोलसहित दुई जनालाई सिरहा प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा सिरहा जिल्ला लहान नगरपालिका वडा नं। ५ बस्ने २६ वर्षिय रामचन्द्र पासवान र लहान नगरपालिका वडा नं। ४ बस्ने २४ वर्षीय रंजित यादव रहेका छन्। लहान नगरपालिका(४ स्थित कृष्णप्रसाद यादवको घरमा हतियार लुकाई छिपाई राखेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरीले टोलीले उनीहरूलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ। प्रहरी नायव उपरीक्षक राजेश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा घरको छतमाथि धानको बोरामा लुकाई राखेको कटुवा पेस्तोल २ थान र केएफ ८ एमएम लेखिएको थ्री नट थ्रीको मिस राउण्ड गोली १ थानसहित पक्राउ गरेको हो। पक्राउ परेका दुवैमाथि अनुसन्धान भइरेहको छ।

प्रकाशित मिति : २३ मंसिर २०७५ आइतबार ००:००  ६ : ५९ बजे