बाँके, ४ भदौ । साउन २७ को बाढीले घर भत्किएपछि च्यापिएर कविराज थारुका तीन छोरीको मृत्यु भयो । तर ७ दिन वितिसक्दा पनि उनले मृतक छोरीको अन्तिम संस्कार गरेनन् । छोरीसहित घरको कुलदेउता पनि घरमै पुरिएपछि उनले अन्तिम संस्कार गर्न नपाएका हुन् । थारु परम्पराअनुसार किरिया बस्न कुल देउता अनिवार्य हुन्छ। किरिया बस्नुअघि कुल देउतालाई…