७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

तिहार देखि छठ पर्व सम्म बिजुली बत्ति नजाने



काठमाण्डौ, ३ कार्तिक ।
तिहार र छठ पर्वभरि देशैभरी बत्ति नजाने भएको छ । उज्यालोको पर्व भनेर चिनिने तिहार र तराईको प्रमुख पर्व छठभरि देशभरी नै विद्युत कटौती नहुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
गएको वर्ष लक्ष्मीपुजाको दिनदेखि काठमाडौंलाई लोडसेडिङमुक्त क्षेत्र घोषणा गरेको प्रधिकरणले यो वर्ष अरु शहरलाई पनि लोडसेडिङमुक्त बनाउने योजना बनाएको छ ।
तिहारमा बिजुलीको माग धेरै हुने र अहिले नै विजुलीको माग बढ्न थालेपछि प्राधिकरणले विजुली खपत गर्दा ध्यान दिन आग्रह गरेको हो ।
प्राधिकरणले हिटर, ओभन, आइरन, एयर कण्डिस्नर, पम्प जस्ता उपकरण, बढी क्षमताका बत्ती, बेलुकी ५ बजेदेखि राति १० बजेसम्म कम प्रयोग गर्न आग्रह गरेको छ । प्राधिकरणले उत्पादन नबढेको तर ग्राहकको माग बढेको जानकारी दिंदै विजुली व्यवस्थापन गर्न प्रयासरत रहेको पनि बताएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७४ शुक्रबार ००:००  १२ : ०८ बजे