काठमाडौं, कात्तिक ९ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बागलुङमा शाखा बिस्तार गरेको छ । बुधबार बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले शाखाको उद्घाटन गर्नुभयो । अध्यक्ष चापागार्ईंले भर्खरै स्थापित कम्पनीले जीवन बीमाको माध्यमबाट रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहक महानुभावहरुलाई चुस्त र सहज सेवा लगायत लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृतिमा विशेष ध्यान दिएर कार्य…