१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

बस दुर्घटनामा दुईजनाको मृत्यु



जाजरकोट, ३ कात्तिक ।
भेरी नगरपालिका–१ रिम्नाबाट सुर्खेततर्फ जाँदै गरेको काँक्रेबिहार यातायात समितिको मे१ख ७२२ नंको बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
बसमा सवार १२ जना घाइते भएका छन् । छिन्चु जाजरकोट सडकको सिम्ता गाउँपालिकास्थित बालीखोला नजिकैको भीरबाट बस तीन सय मिटर तल भेरी नदीमा खसेको प्रत्यक्षदर्शी पशुपति शाहीले जानकारी दिनुभयो ।
बसमा २५ जना यात्रु सवार थिए । मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (रासस)

प्रकाशित मिति : ३ कार्तिक २०७४ शुक्रबार ००:००  १० : १२ बजे