एजेन्सी । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई पश्चिमी प्रान्त अल्बर्टामा जुनमा हुने जी- ७ शिखर सम्मेलनमा आमन्त्रण गरेका छन्। गत हप्ता कार्यभार सम्हालेका कार्नीले सप्ताहन्तमा युक्रेनी नेतासँग कुरा गर्नुभएको उल्लेख गर्दै एक सरकारी अधिकारीले भने, ‘राष्ट्रपति जेलेन्स्कीलाई जुनमा अल्बर्टामा हुने जी- ७ बैठकमा आमन्त्रित गरिएको छ।’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा फर्किएपछि…