गुल्मी । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले मुलुकमा सकारात्मक परिवर्तन ल्याउन कांग्रेसको नेतृत्व सरकार आवश्यक रहेको बताउनुभएको छ। तम्घासमा भएको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता भण्डारीले बदलिएको कांग्रेसले मात्र देश बदल्न सक्ने धारणा राख्नुभयो। आम नेपाली जनताको समस्याहरूको समाधान नेपाली कांग्रेसले मात्र गर्न सक्ने भन्दै उहाँले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसका…