सुलीकोट ।गोरखाको गण्डकी गाउँपालिका – १ मकैसिङ निवासी ४२ वर्षीय दिनेश अधिकारी त्रिशुली नदीमा हामफाले बेपत्ता हुनुभएको छ । शहिद लखन गाउँपालिका – ४ राईनास र चितवनको ईच्छाकामना गाउँपालिका – ३ जोड्ने झलुङ्गे पुलबाट सोमबार दिउँसो १ बजे त्रिशुली नदीमा हामफालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।…