२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ: उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले राष्ट्रिय सभाले संवैधानिक आयोगहरूबाट प्राप्त वार्षिक प्रतिवेदनहरुलाई सभाको बिजनेस बनाउनुपर्ने  बताएकी छन् ।  सङ्घीय संसद् सचिवालयले शुक्रबार काठमाडाैँमा आयोजना गरेको राष्ट्रिय सभाको १८ औँ अधिवेशनको कार्यसम्पादन समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै संवैधानिक आयोगले कस्ता कार्य गरेका छन् भनेर सुसूचित गराउनका लागि पनि प्रतिवेदनहरू सभाको बिजनेस बनाइनुपर्ने बताएकी हुन् । …