पश्चिम नवलपरासी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी पश्चिम नवलपरासी प्रशासनले सुरक्षा व्यवस्थालाई अत्यन्तै सुदृढ बनाएको छ । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला सुरक्षा समितिले ’एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याएको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचनका लागि जिल्लाभर मतदान केन्द्र ९७ वटा, मतदान स्थल १२२ वटा…