२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

बागलुङको माथिल्लो क्षेत्रमा लालीगुराँससँग रमाउने बढे

ढोरपाटन।वसन्त ऋतु सुरु भएसँगै बोटबिरुवामा नयाँ पालुवा पलाउन थालेका छन् । वनजङ्गलमा अनेक थरीका फूल फूलेर ढकमक्क भएका छन् । यतिबेला बागलुङको माथिल्लो क्षेत्रमा लालीगुराँसले वनपाखा रङ्गीचङ्गी बनेका छन् । शीतलता प्रदान गर्ने सिरसिर हावा र मनलाई आनन्दित तुल्याउने चराचुरुङ्गीको आवाजले आगन्तुकलाई निम्तो दिइराखेका छन् । बढ्दो गर्मीका कारण तल्लो क्षेत्रबाट घुमफिरका लागि पहाड घुम्न…