६ असार २०८३, शनिबार | Sat Jun 20 2026

युरोकप फुटबलमा फ्रान्सको विजयी सुरुवात



काठमाडौं ।
फ्रान्सले युरो कप २०२४ मा विजयी सुरुवात गरेको छ । गएराति सम्पन्न खेलमा अस्ट्रियालाई १–० ले हराएर फ्रान्सले विजयी सुरुवात गरेको हो ।

जर्मनीमा जारी युरोको समूह डीमा फ्रान्सले अस्ट्रियालाई १–० ले हराएको हो। आत्मघाती गोलमा फ्रान्स विजयी भएको हो। म्याक्सिमिलेन वेबरले ३८ औं मिनेटमा गरेको आत्मघाती गोल नै खेलको निर्णायक बन्यो।

फ्रान्स युरोकपको पूर्वविजेता पनि हो । फ्रान्सले सन् १९८४ मा युरोकपको उपाधि चुमेको थियो । जारी युरोकपको छनोट प्रतियोगितामा भने फ्रान्स र अस्ट्रिया दुवैले उत्कृष्ट प्रदर्शन गरेका छन् । अस्ट्रिया आफ्नो समूहमा दोस्रो हुँदै युरोकपमा छानिएको थियो । त्यो समूहमा पहिलो भएको बेल्जियमको २० र अस्ट्रियाको १९ अङ्क रहेको थियो ।

अर्कोतिर, फ्रान्स आफ्नो समूहमा पहिलो हुँदै युरोकपमा पुगेको थियो । फ्रान्स आफ्नो समूहमा अपराजित रहँदै युरोकपमा छनोट भएको हो ।

प्रकाशित मिति : ४ असार २०८१ मंगलबार ००:००  ७ : ५८ बजे