काठमाडौँ ।स्थानीय तहमा विभिन्न योजना बनाउँदै थन्क्याउने प्रवृत्ति तीव्र बन्दै गएको छ। ७५३ स्थानीय तहमध्ये करिब तीन सय वटा पालिकाले मात्र विभिन्न योजना बनाएका छन्। योजना बनाएका स्थानीय तहले पनि व्यवहारमा कार्यान्वयन नगरी थन्क्याउने गरेका छन्। स्थानीय शासनविज्ञ एवं नेपाल सरकारका पूर्वसहसचिव विष्णुदत्त गौतमले स्थानीय तहले योजना बनाउँदै कार्यान्वयन नगरी थन्काउने प्रवृत्ति बढ्दो रहेको बताउनुभयो।…