सिमकोट ।जनै पूर्णिमाको अघिल्लो दिनबाट सुरु हुने हुम्लाको प्रसिद्ध चाड साउने पूर्णिमा जिल्लाका विभिन्न शक्तिपीठमा धुमधामका साथ मनाइएको छ । यहाँका बासिन्दा दसैँ र तिहारभन्दा विशेष महत्वका साथ साउन पूर्णिमा पर्वलाई मनाउने गर्दछन् । जिल्लाका हरेक गाउँमा स्थानीय धामी नृत्य र देउडा नृत्य कहलिएको यो पर्वमा युवा युवतीका लागि भने विशेष दिन रहने गरेको छ…