काठमाडौं ।केही दिनदेखि काठमाण्डौ उपत्यकासहित धेरै ठाउँको मौसम धुम्मिएको छ । मौसम धुम्मिए पनि तत्काललाई पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । उहाँका अनुसार पश्चिमी वायुको प्रभावका कारण केही दिनदेखि मौसममा आंशिकदेखि सामान्य बदली भइरहेको छ । तर, पानी पार्ने गरी पश्चिमी वायु सक्रिय भएको छैन । काठमाण्डौ उपत्यकासहित तराईका धेरै ठाउँमा…