देउखुरी । विश्वासको मत पाएपछि लुम्बिनी प्रदेश सरकार राजधानीको पूर्ण कार्यान्वयनमा जुटेको छ । अघिल्लो सरकारले मुख्यमन्त्री कार्यालय र १३ वटा मन्त्रालय राजधानी क्षेत्रमा स्थापना गरेको थियो तर पूर्वाधार अभावका कारण मन्त्रालयको कामकाज पूर्ण रूपमा सञ्चालन गर्न सकिएको थिएन । जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय तहका कार्यालयमा मन्त्रालय स्थापना गरिएको थियो । स्थानीय तहको कामकाज प्रभावित नहुने गरी…