काठमाण्डौ । नेकपा एमालेले समानुपातिक सांसद चयन गर्न र चुनावी समीक्षाका लागि सचिवालय बैठक राखेको छ। शुक्रबार सचिवालय बैठक बस्नेछ। एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको बताए। उनकाअनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल हुनेछ। एमालेले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ सिट जितेको छ।…