काठमाडौँ । यो वर्षको अक्टोबरमा महिनामा १ लाख २८ हजार ४४३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागबाट प्राप्त प्रारम्भिक मासिक तथ्याङ्कका आधारमा नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वर्षको मुख्य सिजनमा सवा लाख पर्यटक नेपाल भित्रिएका हुन् । जनवरीदेखि अक्टोबरसम्मको १० महिनामा कुल ९ लाख ४३ हजार ७१६ पर्यटक नेपाल भित्रिएका छन्…