२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

जनकपुरमा नेपाली सेनाद्वारा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविरः १६ हजार बढीको सहभागिता



धनुषा ।
धनुषा जिल्ला जनकपुरधाम उप–महानगरपालिका–१० बाह्रविगाहामा नेपाली सेनाको बर्दिबास स्थित मध्य पूर्वी पृतनाले “बृहत् निःशुल्क स्वास्थ्य शिविर तथा नेपाली सेना सम्बन्धी विविध प्रदर्शनी कार्यक्रम” सफलतापूर्वक सम्पन्न गरेको छ। मंसिर ८ गतेदेखि १० गतेसम्म तीन दिनसम्म चलेको यो कार्यक्रम राम–जानकी विवाह पञ्चमी महोत्सव २०८२ का अवसरमा आयोजित गरिएको थियो।

दर्शनार्थी तथा स्थानीय बासिन्दालाई लक्षित गर्दै सञ्चालित स्वास्थ्य शिविरमा छाला रोग, हाड–जोर्नी, नाक–कान–घाँटी, आँखा, बालरोग, स्त्रीरोग, फिजिसियन सेवा, ड्रेसिङ स्टल लगायतका विभिन्न निःशुल्क स्वास्थ्य सेवा प्रदान गरियो। साथै, सचेतनामूलक कार्यक्रम, सामाजिक उत्तरदायित्व गतिविधि, तथा नेपाली सेनासम्बन्धी जानकारीमूलक फोटो तथा भिडियो प्रदर्शनी पनि गरिएको थियो ।

तीन दिनसम्म सञ्चालन भएको प्रदर्शनी तथा शिविरमा महिला र पुरुष गरी कुल १६,४०३ जनाले अवलोकन गरेका थिए। स्वास्थ्य परीक्षणका क्रममा पुरुष १,७६५ र महिला १,३१० गरी कुल ३,०७५ जनाले सेवा पाए।
यसै क्रममा, आँखासम्बन्धी उपचारअन्तर्गत ९५ जनाको जलविन्दु शल्यक्रिया समेत सफलतापूर्वक सम्पन्न गरिएको नेपाली सेनाले जनाएको छ।

प्रकाशित मिति : ११ मंसिर २०८२ बिहिबार ००:००  ८ : १९ बजे