३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त

काठमाण्डाै । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । उहाँलाई प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले मुख्यमन्त्रीमा नियुक्त गर्नुभयो । संविधानको धारा १६८ को उपधारा २ बमोजिम यादव मुख्यमन्त्री नियुक्त हुनुभएकाे हो । कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता यादवले यसअघि प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुभएको थियो ।…