३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ



चितवन ।

आफ्नै आमा माडी नगरपालिका ६ स्याउलिवास बस्ने ५५ वर्षीय माया देवी तामाङको हत्या गरेको अभियोगमा ३७ वर्षीय अर्जुन तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

आफ्नै मकै बारीमा अर्जुनले धारिलो हतियार प्रहार गर्दा उनकै आमाको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : १४ असार २०७९ मंगलबार ००:००  १२ : ४७ बजे