४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

रुपन्देहीमा चट्याङ्ग लागेर एक युवकको मृत्यु



बुटवल ।

रुपन्देहीमा वर्षासँगै परेको चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सियारी गाउँपालिका–२ का ४५ वर्षीय रामनाथ बरही रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए ।

मंगलबार बिहान खेतमा काम गर्न गएका उनको खेतमा चट्याङ्ग लागेर मृत्यु भएको प्रहरी प्रवक्ता पौडेलले बताए । उनको शवलाई पोष्टमार्टनका लागि भैरहवा स्थित भिम अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०७९ मंगलबार ००:००  १२ : ३८ बजे