६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

१६ दिने शिशुको हत्या गरेको आरोपमा १५ वर्षीया आमा पक्राउ



दाङ ।

दाङमा आफ्नै छोरीको हत्या गरेको आरोपमा १५ वर्षीया आमा पक्राउ परेकी छिन । उनलाई छोरीको हत्या गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिएका छन ।

काफ्लेका अनुसार छोरी रोएपछि आमाले स्तनपान गराउन थालिन तर बच्चाको रुने क्रम नरोकिए पछि आबेगमा आएर आमाले आफ्नी नाबालिका छोरीलाई सेफ्टी ट्याङ्कीमा फालेको उनले साबिती बयान दिएको प्रहरी उपरीक्षक काफ्लेले बताएका छन ।

दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीया निवासी १५ वर्षिय आमाले जन्माएको १६ दिनको शिशुको बुधबार बिहान घर पछाडि रहेको सेप्टी ट्यांकी भित्र मृत अवस्थामा फेला परेको थियो। शिशुको शवको पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९ बुधबार ००:००  १२ : ५२ बजे