कपिलवस्तु ।लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले गलत मनसायले खोलिएका केही सहकारीहरूको गतिविधिले स्थानीय स्तरमा समस्या उत्पन्न गरेको बताउनुभयो। बाहिरी जिल्लाबाट भव्य रूपमा कार्यालय सञ्चालन गर्दै अनियमित रूपमा निक्षेप संकलन गरेर भाग्ने प्रवृत्तिले समग्र सहकारी क्षेत्र बदनाम हुन नहुने उहाँको भनाइ थियो। “देशभरका ३३ हजार सहकारीलाई करिब डेढ–दुई सय बदमासी गर्ने सहकारीका कारण बदनाम गर्नु…