१८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुकाे अध्यक्षमा पाैडेल, कार्य समितिमा काे काे परे ?



वाणगंगा ।

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको अध्यक्षमा रविन्द्र पौडेल निर्वाचित हुनु भएको छ। संघको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट पुनः पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो। जसको बरिष्ठ उपाध्यक्षमा रोमलाल पौडेल, प्रथम उपाध्यक्ष अनिल कुमार मदनवाला, द्वितिय उपाध्यक्ष रेशम वली, महासचिवमा महादेव न्यौपाने, सचिब सरोजमणी पौडेल, कोषाध्यक्ष शोभाखर पराजुली, सह कोषाध्यक्ष पुरुषोत्तम घिमिरे चयन हुनुभएको छ । संघको १९ सदस्यीय कार्यसमितिको सदस्यहरुमा क्रमशः कमल बहादुर घर्ती, नारायण भुसाल, भुमकला घिमिरे, रबि शाह ठकुरी, युवराज पन्थ, नमराज पौडेल, राजु भण्डारी, विरेन्द्र केसी र पुष्पा पन्थी रहनुभएको छ । रिक्त्त २ सदस्यमा पछि कार्यसमितिले मनोनित गर्ने बताइएको छ ।

अधिवेशनमा आर्थिक तथा प्रगती प्रतिवेदन र आगामी कार्ययोजना प्रस्तुत गरिएको थियो। अध्यक्षमा निर्वाचित पौडेलले कपिलवस्तुको पर्यटन सम्भावना पहिचान, व्यवस्थित प्रवर्धन तथा व्यवसायीको हकहित संरक्षणलाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो। स्थानीय होटल तथा पर्यटन क्षेत्रलाई थप व्यवस्थित बनाउन, सेवा गुणस्तर सुधार गर्न तथा घरेलु–वाह्य पर्यटकलाई लक्ष्यित गरी संयुक्त अभियान चलाउने योजना रहेको बताउनुभयो।

प्रकाशित मिति : २८ कार्तिक २०८२ शुक्रबार ००:००  ९ : ५६ बजे