बाणगंगा ।
समुदायले बन संरक्षण र सम्वर्धन गर्न ढिलाई गर्न नहुने लुम्बिनी प्रदेश सभा सदस्य बिष्णु पन्थीले बताउनु भएको छ । मनकामना सामुदायिक वन उपभोक्ता समुह बाणगंगा १ र २ कपिलवस्तुको १८ औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै सांसद पन्थीले सामुदायिक वनको संरक्षण, विकास र सम्वर्धन पहिले देखि नै गर्नुपर्नेमा अल्लि ढिला गरी शुरु भएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि सांसद पन्थीले सामुदायिक वनले रोजगारी, राजश्व र सामुदायिक विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले हिजोको जस्तो श्रोत साधनको अभाव अहिले नभएको बताउदै अव सवै निकाय मिलेर एकसाथ काम गर्नुपर्नेमा जोड दिनुभयो । सांसद पन्थीले सामुदायिक वनले अब रासायनिक नभई प्राङगारिक मल उत्पादनमा जोड दिनुपर्ने बताउदै वनको विकास मानवको जिवनसंग जोडिएकाले मानिसका लागि मात्र नभई हरेक जिवित प्राणिहरुका लागि वन आवश्यक पर्ने बताउनुभयो ।
त्यस्तै बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्यालले बाणगंगा नगरपालिकाका सामुदायिक वनमा आर्थिक अनियमितता, अपारदर्शिता नरहेको बताउनुभयो । कार्यक्रमका विशिष्ठ अतिथि समेत रहनुभएका नगर प्रमुख चक्रपाणि अर्यालले नगरपालिकाले प्रत्येक बर्ष सामुदायिक वनको अनुगमन गरेको बताउदै कुनै पनि अनियमितता नरहेको बताउनुभयो । उहाँले नगरपालिका सदैव सामुदायिक वनसंग हातेमालो गरेर विकासका काममा अगाडि बढ्ने बताए ।
त्यस्तै बाणगंगा नगरपालिकाका प्रवक्ता तथा वडा नंं २ का वडाध्यक्ष बिष्णु प्रसाद पौडेलले वडाका सामुदायिक वनहरुसंग वडा कार्यालय जोडिएर काम गरिरहेको धारणा राख्नुभयो । बाणगंगा खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष विश्व कार्की, वैज्ञानिक वन महासंघ अध्यक्ष रेनु सेन, नवजागृती सामुदायिक वनका अध्यक्ष हेमनाथ ज्ञवाली लगायतले मन्तब्य राख्दै मनकामना सामुदायिक वनले विभिन्न विकासका कार्यहरु गरेको बताएका थिए।
सामुदायिक वनले आर्थिक बर्ष ०८२।८३ का लागि ६ करोड ४६ लाख ९ हजार ७ सय पचास बराबरको अनुमानित बजेट विनियोजन गरेको छ । सामुदायिक वनका अध्यक्ष मुक्त बहादुर कार्कीले काठजन्य उत्पादनको उचित उपयोग र वितरणमा पारदर्शिता कायम गरिएको, वातावरण संरक्षण, जैविक विविधता, संरक्षण, र वन आगलागी नियन्त्रणमा सदस्यहरूको सक्रिय सहभागिता उल्लेखनीय रहेको बताए । अध्यक्ष कार्कीले समाजसेवा र सामुदायिक विकासका क्षेत्रमा विद्यालयलाई सहयोग, बाटो मर्मत, तालीम तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी स्थानीय विकासमा योगदान पुर्याएको धारणा राख्नुभयो ।

साधारण सभामा अध्यक्ष मुक्त बहादुर कार्कीको अध्यक्षता भएको कार्यक्रममा सचिव गंगा कुमारी भट्टराईले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष लक्ष्मी थारुले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित भएका छन् । समुहका उपाध्यक्ष पुष्कर घिमिरेको स्वागत तथा सचिव गंगा कुमारी भट्टराईको संचालनमा सम्पन्न कार्यक्रममा उपभोक्ता, विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।







प्रतिक्रिया