काठमाण्डौँ । शिक्षाशास्त्र संकाय पढेर मात्रै विद्यालय शिक्षक बन्न नपाइने भएको छ। शिक्षक बन्न चाहनेले पेसागत तालिम अनिवार्य लिनुपर्नेछ। यो व्यवस्था समेटिएको राष्ट्रिय शिक्षा नीति मन्त्रिपरिषद्को कात्तिक १८ गते बसेको बैठकले स्वीकृत गरेको छ। शिक्षाशास्त्र संकायको पाठ्यक्रममा प्राज्ञिक र पेसागत डिग्रीलाई एकीकृत गरिएको छ। निश्चित तह उत्तीर्ण गरेर शिक्षण अनुमतिपत्रप्राप्त व्यक्तिले शिक्षक परीक्षामा प्रतिस्पर्धा गर्न…