८ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025

शैक्षिक सामग्री बाँडेर तरुण दल र नेविसंघले विपन्न विद्यार्थीसंग दशैँ मनायो



मायादेवी अनलाइन, कपिलवस्तु ।

नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले विहीबार बाणगंगा नगरपालिका वडा नं. १० का बालबालिकाहरुसंग दशैँ मनाएको छ । तरुण दल कपिलवस्तु र विद्यार्थी संघ क्षेत्र नम्बर १ कपिलवस्तुले भावपुरका बिपन्न ५५ जना बालबालिकासंग दशैँ मनाएको हो । तरुण दलका अध्यक्ष शक्ति सिंह ठकुरीको प्रमुख आतिथ्यमा गरिब तथा विपन्न विद्यार्थीहरुसंग दशैँ टिका आदान प्रदान गर्दै शैक्षिक सामाग्री कापी कलम वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ठकुरीले दशैँमा हुने खाने मानिसमा खुसी छाए पनि कतिपय विपन्न परिवारमा निरासा मात्र छाउने भएकाले ती बालबालिकामा दशैँमा खुसीको वातावरण छरी उनीहरुले पनि दशैँको महसुस गर्न पाऊन् भनेर कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।Image may contain: 4 people, including Tilak Thapa and Chandrakant Pokhrel

उहाँले सरकारले गरिब दुखीहरुको लागि केही गर्न नसकेको भन्दै अब कांग्रेस र यसका भातृसंगठनले यो अभिभारा पुरा गर्न जरुरी रहेको बताउनु भयो । युवा नेता चन्द्रकान्त पोख्रेलले वडा नम्बर १० का विभिन्न विद्यालयमा अध्धयनरत विपन्न विद्यार्थीहरु छानेर कार्यक्रम गरेको बताउनु भयो ।

नेता दिनेश क्षेत्रीको संचालनमा सम्पन्न कार्यक्रममा कांग्रेस नेता विष्णु न्यौपाने, युवा नेता तिलक थापा लगायतले बोल्नु भएको थियो । सामुहिक टिका लगाउँदै शैक्षिक सामग्री पाएपछि ती बालबालिकाले खुसीको महसुुस गरेको बताएका छन् । शैक्षिक सामग्री ग्रहण गर्दै विद्यार्थीहरु गगन विक, जानुकी विक, सोनम थारु लगायतले खुसी ब्यक्त गरेका छन् । कोजाग्रत पूणिमासम्म दशैँको टिका लगाउने परम्परा अनुसार सामुहिक रुपमा टिका जमरा लगाउने कार्यक्रम पनि संगै भएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७६ बिहिबार ००:००  १ : ४३ बजे