काठमाडौं । मिस नेपाल २०१८ श्रृङ्खला खतिवडाले पश्चिम युरोपको अग्लो हिमाल मन्ट ब्लांक आरोहण गरेकी छन्। उनले मंगलवार फ्रान्स र इटालीबीचमा रहेको ४ हजार ८ सय १० मिटर अग्लो यो हिमालको सफल आरोहण गरेकी हुन्। श्रृंखलाले मन्ट ब्लांक आरोहण गरेको पुष्टि नेपालस्थित फ्रान्सेली दूतावासले गरेको छ। नेपाल(फ्रान्स कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठका अवसरमा…