१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

टिक टकमाथि भारतमा लगाइएको प्रतिबन्ध फुकुवा

नयाँ दिल्ली । मनोरञ्जनात्मक चिनियाँ एप टिक टकमाथि भारतमा लगाइएको प्रतिबन्ध हटाइएको छ । मद्रास उच्च अदालतले बुधबार टिक टकमाथिको प्रतिबन्ध फुकुवा गरेको हो । भारतको सर्वोच्च अदालतको विशेष आदेशपछि मद्रास उच्च अदालतले टिक टकमाथि प्रतिबन्ध हटाएको हो । गत सोमबार भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश रञ्जन गोगोइ नेतृत्वको इजलाशले टिकटकमाथि लगाइएको प्रतिबन्धबारे छिटो फैसला गर्न…